नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
रोजगारी र सिप विकासमा सहयोग
सारांश
- अष्ट्रेलियामा अध्ययनरत नेपाली युवा अशोक देउजाले नेपाली विद्यार्थीका लागि 'ऋ प्रो' नामक मोबाइल एप बनाएका छन्।
- यो एप सामाजिक सञ्जाल, नेटवर्किङ प्लेटफर्म हो, जसबाट रोजगारी खोज्न, च्याट गर्न र ब्लग साट्न सकिनेछ।
- एपमा स्वमूल्याङ्कन प्रणाली एम.सि.आई. राखिएको छ, जसले प्रयोगकर्तालाई आफ्नो क्षमताको मूल्याङ्कन गर्न मद्दत गर्छ।
सिड्नी। अष्ट्रेलियामा अध्ययनरत नेपाली युवा अशोक देउजाले नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै ‘ऋ प्रो’ नामक नयाँ मोबाइल एप्लिकेशन तयार पारेका छन्।
काठमाडौँ स्थायी घर भएका देउजाले बनाएको यो एप नेपाली प्रयोगकर्ताका लागि सामाजिक सञ्जाल र पेशागत नेटवर्किङ प्लेटफर्म हो। यसको माध्यमबाट रोजगारी खोज्न, पोस्ट गर्न, च्याट, भिडियो, ब्लग साट्न सकिने सुविधा छ।
देउजाका अनुसार प्रयोगकर्ताले आफ्नो प्रोफाइल बनाएर योग्यता, सिप, अनुभवअनुसारको जागिर खोज्न सक्नेछन्।
एपमा मानसिक क्षमता सूचकाङ्क (एम.सि.आई.) नामको एउटा स्वमूल्याङ्कन प्रणाली राखिएको छ, जसको सहयोगले प्रयोगकर्ताले आफ्नो क्षमता र योग्यताको मूल्याङ्कन गरी सुधार गर्न सक्नेछन्।
देउजाले भने, “हाम्रो उद्देश्य नेपाली युवालाई प्रविधिमैत्री प्लेटफर्म दिने हो। यो एपले रोजगारी, शिक्षा र सामाजिक नेटवर्कको पहुँच बढाउँछ।”
उक्त एप एन्ड्रोइड र आइओएस दुवैमा प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण