आँचलको फिल्म हेर्न चितवन उर्लिएको हो ?
टिकटकमा यतिबेला आँचल शर्मा भाइरल छिन् । आफ्नो फिल्म हेर्न चितवन नै उर्लिएको भन्ने खालको मिडियामा दिएको टिप्पणी उनको टिकटकमा भाइरल भएको हो ।
उनले यो टिप्पणी शनिबार फिल्मको व्यवसाय बुझ्न काठमाडौँका हलमा पुग्ने क्रममा दिएकी थिइन् । आँचलले यसो चितवन आफ्नो घर भएकोले भनेको देखिन्छ । किनभने आँचलका श्रीमान् उदीप श्रेष्ठको घर चितवन हो । त्यसैले उनी चितवनकी बुहारी हुन् । बुहारीको फिल्म भन्दै मानिसहरू हलमा उर्लिएको तर्क उनको थियो ।
तर, चितवनको व्यवसाय हेर्ने हो भने आँचलले भने जस्तो फिल्म हेर्न चितवन नै उर्लिएको भने छैन । फिल्ममा अन्य समय भन्दा केही बढी दर्शक भएको भने पक्कै हो । फिल्मका वितरक भने आँचलले भने जस्तो चितवनमा दर्शक नभएको बताउँछन् ।
शुक्रबारदेखि रिलिज भएको फिल्मले शुक्रबार, शनिबार र आइतबार राम्रो व्यवसाय गरेको निर्देशक ज्ञानेन्द्र देउजा बताउँछन् । ‘फिल्मको राम्रो व्यवसायले खुसी लागेको छ’ देउजाले भने, ‘तर, फिल्मको कन्टेन्ट दर्शकले टिकटकमा हालिदिएका छन् । त्यसले तनाव दिएको छ ।’ टिकटकमा आएको कन्टेन्ट विषयमा प्रहरी उजुरी गरौँ, कि नगरौँ त्यो विषयमा आफू छलफलमा रहेको देउजाले बताए ।
फिल्ममा आँचलको अलावा केकी अधिकारी, मुकुन भुसाल, कुशल विष्ट लगायतको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण