प्रतिनिधिसभा उम्मेदवारका लागि लमजुङबाट ८ महिलाको नाम सिफारिस
मङ्गलबार, २१ भदौ २०७९, १२ : ४०
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको उम्मेदवारका लागि लमजुङबाट ८ जना महिलाको नाम सिफारिस भएको छ ।
नेपाली कांग्रेसबाट तीन जना महिला, नेकपा एमालेबाट दुई जना महिला, माओवादी केन्द्रबाट दुई जना र नेपाल समाजवादी पार्टीबाट एक जना महिलाको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको हो ।
नेकपा एमालेबाट समानुपातिकतर्फ केन्द्रीय सदस्य, लमजुङ सहइन्चार्ज एवं संविधान सभा सदस्य टुकाभद्र हमाल र केन्द्रीय सदस्य कल्पना थापाको नाम सिफारिस भएको छ ।
माओवादी केन्द्रबाट समानुपातिकमा गण्डकी प्रदेशसभा सदस्य, केन्द्रीय सदस्य, गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ र उर्मिला माझीको नाम सिफारिस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण