रंगशालामा भारत भर्सेस पाकिस्तान, तस्बिरहरू हेर्नुहोस्
बुधबार, २२ भदौ २०७९, १५ : २३
साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतले पाकिस्तानमाथि सहज जित निकालेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई ३-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले खेलको २१ औँ मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । २३ औँ मिनेटमा भारतका लागि ग्रेस दाम्बेले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन । खेलको इन्जुरी समयमा सोम्मिया गुगुलोथले गोल गर्दै भारतलाई ३-० गोलको जित दिलाइन् । जितसँगै भारतले समूह ‘ए’मा १ खेलबाट ३ अंक जोडेको छ । यता पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
-
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट
-
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
-
प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध
-
वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी
-
मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति