सिरहामा डेङ्गु देखिएपछि जनचेतना फैलाउँदै स्वास्थ्यकर्मी
सिरहाको गोलबजार नगरपालिकामा २ जना डेङ्गु प्रभावित विरामी फेला परेपछि जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु डेङ्गु फैलाउने लामखुट्टे नियन्त्रणको लागि जनताको घरघरमा पुग्नु थालेका छन । गोलबजार नगरपालिका– ६ का दुई जना पुरुषमा डेङ्गुको जीवाणु भेटेको नगर स्वास्थ शाखा प्रमुख सरोज कर्णले जनाएका छन् ।
डेङ्गु सार्ने लामखुट्टे घर आसपासमै राखिने गमला, फूलदानी, एयर कण्डिसन, कुलर, पानी ट्यांकी, फालिएका प्लास्टिकका भाँडा र पुराना टायरहरूमा जमेको सफा पानीमा बस्ने भएकाले नियन्त्रणका उपायहरु बताउँदै कर्मचारी तथा जनप्रतिनिधीहरु घर घरै पुगेका हुन् । गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले सम्पूर्ण जनप्रनिधि, कर्मचारी, स्थानीय व्यवसायी तथा समाजसेवीहरुले डेङ्गु नियन्त्रण अभियानमा सघाउन अनुरोध गरेका छन । उनले जनप्रतिनिधि र कर्मचारीबाट मात्र डेङ्गु नियन्त्रण सम्भव नभएको भन्दै यसमा सवैको सहयोगको जरुरी रहेको बताए ।
यो अवधिमा व्यक्तिका घर, पसल तथा ग्यारेजहरूमा पुगेर डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजेर तीनका लार्भा नष्ट गर्ने काम गरेको नगर स्वास्थ्य शाखाका प्रमुख सरोज कर्णले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
-
प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग
-
इप्पानका पूर्वअध्यक्ष आचार्यको आक्रोश : सरकारी निकायमा निवेदन दिनु पशुपतिमा फूल चढाए जस्तै भयो
-
संसदमा बाँदरपछि हात्ती आतंकको चर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण