संसदमा बाँदरपछि हात्ती आतंकको चर्चा
सारांश
- रास्वपा सांसद निशा डाँगीले झापाको मेचीनगरस्थित बाहुनडाँगीमा हात्तीको आतङ्कले सर्वसाधारणलाई बाच्न नै कठिन भएको भन्दै हात्ती नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।
- आइतबार मात्र ६२ बर्षीया पद्मा पौडेलले आफ्नै घरमा फुल टिप्ने क्रममा ज्यान गुमाउनुपरेको र मेचीनगरमा ३ बिगाहा मकै हात्तीले नष्ट गरेको सांसद डाँगीले बताइन् ।
- उनले ३५/४० वर्षदेखिको हात्तीको आतङ्क भोगिरहेका जनताले राज्य भएको महसुस गर्न नपाएको भन्दै हात्ती चरण बनाउनेहरूलाई कारबाही गर्न माग गरिन् ।
काठमाडौँ । रास्वपा सांसद निशा डाँगीले झापाको मेचीनगरस्थित बाहुनडाँगीमा हात्तीको आतङ्कले सर्वसाधारणलाई बाच्न नै कठिन भएको भन्दै हात्ती नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद डाँगीले आइतबार मात्र ६२ बर्षीया पद्मा पौडेलले आफ्नै घरमा फुल टिप्ने क्रममा ज्यान गुमाउनुपरेको बताइन् । त्यस्तै उनले मेचीनगरमा ३ बिगाहा मकै हात्तीले नष्ट गरेको बताइन् ।
‘यो समस्या आजको होइन, त्यहाँका जनताले ३५/४० वर्षदेखिको हात्तीको आतंक भोगिरहेका छन्’, उनले भनिन्, ‘राति सुतेकै ठाउँमा आक्रमण गर्ने चिन्ता हुन्छ । साँझ पर्ने वित्तिकै ४० देखि ५० वटा हात्ती नेपाल प्रवेश गर्छन् र धान, मकै, सुपारी नष्ट गर्नुका साथै घरगोठ भत्किन्छन् ।’
उनले हात्ती आतंकका कारण मेचीनगर र बाहुन डाँगीका जनताले राज्य भएको महसुस गर्न नपाएका भन्दै बाहुन डाँगीलाई हात्ती चरण बनाउनेहरूलाई कारबाही गर्न माग गरिन् । संसदमा यसअघि सांसदहरूले गाउँ बस्तीमा बाँदरको आतंकले मानिसहरू हैरान भएको भन्दै बाँदरको व्यवस्थापन गर्नुपर्ने बताउँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण