सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
सारांश
- सम्पत्ति शुद्धीकरण कसुरमा २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान विशेष अदालतमा सुरु भएको छ ।
- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो ।
- हिमालयन रि–इन्स्योरेन्ससहितका कम्पनीहरूको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा भट्ट र अग्रवालसहित अन्यलाई प्रतिवादी बनाइएको छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट र व्यवसायी सुलभ अग्रवालको बयान सुरु भएको छ ।
सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान भइरहेको हो । शुक्रबार भट्टको बयान पूरा नभएपछि सोमबार पुनः बयानलाई निरन्तरता दिइएको हो । बयान सकिएमा आजै थुनछेक बहस हुने छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल, शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोरसहितलाई प्रतिवादी कायम गरेको छ । सन्दीप चाचन अग्रवाल ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ का अध्यक्ष हुन् ।
हिमालयन रि–इन्स्योरेन्ससहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि दीपक भट्टलाई चैत १९ गते पक्राउ गरिएको थियो भने शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ गते पक्राउ परेका थिए ।
मुद्दामा प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरणबापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ । अदालतमा पेस भएको अभियोगपत्रअनुसार आर्थिक वर्ष २०७४/७५ मा आफ्नो स्वामित्वमा रहेको घर तथा जग्गाको पुनर्मूल्यांकन गरी थप मूल्य ३५ करोड ६८ लाख ८६ हजार २३ रुपैयाँ सम्पत्तिमा कायम गरेको आरोप लगाइएको छ ।
त्यस्तै, इन्फिनिटी होल्डिङ्स प्रालिमा आर्थिक वर्ष २०७७/७८ मा थप ४५ करोड रुपैयाँ पुँजी थप गरिएको अभियोग दाबी छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा पनि ९ करोड ५० लाख रुपैयाँ पुँजी थप गरेको देखिएको जनाइएको छ । यी रकम कर्जा अपचलन गरी बैंकिङ कसुरमार्फत प्राप्त रकमबाट वृद्धि गरिएको दाबी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण