विराटनगरमा जसपाको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न
जनता समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर १ समितिले निर्वाचन केन्द्रित एक दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा बिहीबार आयोजित कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, केन्द्रीय कार्यकारिणी सदस्यहरु युवराज कार्की, रणध्वज कन्दङ्वा, परसुराम बस्नेत, मधेश प्रदेशका पूर्व मुख्यन्यायधिवत्ता दिपेन्द्र झा, लगायतले प्रशिक्षण दिएका थिए ।
पार्टीका राजनीतिक समिति सदस्यहरु, केन्द्रीय समितिका सदस्यहरु र प्रदेश स्तरिय अगुवा नेताहरुलाई ५ वटा समुहमा विभाजन गरी प्रशिक्षण दिइएको प्रदेश नम्बर १ समितिका अध्यक्ष प्रवीण चाम्लीङले बताए । प्रशिक्षित प्रशिक्षकहरुले प्रदेश नम्बर १ का १४ वटै जिल्लामा ५ वटै समुह बनाएर भाद्र ३० गतेभित्र प्रशिक्षण दिने गरी कार्य तालिका तय गरिएको छ ।
प्रशिक्षणमा पार्टीको नीति, विचार, सैद्दान्तिक, मुद्दा र समग्र निर्वाचन अभियान नै प्रशिक्षणको विषय रहेको थियो । निर्वाचन केन्द्रीत कार्यक्रमहरु अगाडि बढाइएको र शुक्रबार पहिचानमा आधारित राष्ट्रिय समितिको निर्वाचन केन्द्रीत अभिमुखीकरण कार्यक्रम धरानमा गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण