स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशकै उत्कृष्ट
स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्यांकनका प्रदेशकै उत्कृष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकनको आधारमा ११ जिल्लाका स्वास्थ्य कार्यालयहरु मध्ये स्वास्थ्य कार्यालय लमजुङ सवैभन्दा उत्कृष्ट भएको हो ।
स्वास्थ्य निर्देशनालयले गरेको विभिन्न सूचकको आधारमा कार्यालयको मूल्यांकन गर्दा स्वास्थ्य कार्यालय लमजुङ सवैभन्दा धेरै ८३८ अंक प्राप्त गरी प्रदेशकै उत्कृष्ट भएको छ । प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य कार्यालय म्याग्दी ८१.३ अंक सहित दोस्रो र स्वास्थ्य कार्यालय नवलपरासी ७९.२ अंक ल्याई तेस्रो स्थानमा रहको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पोष्टर प्रदर्शनीमा पनि उत्कृष्ट भएको छ । बेंसीशहरमा दुई दिनसम्म भएको वार्षिक समिक्षा कार्यक्रममा सहभागि पाँच जिल्लाका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रहरुको स्वास्थ्य गतिविधि समेटिएको पोष्टर प्रदर्शनीमा लमजुङको स्वास्थ्य कार्यालय उत्कृष्ट भएको हो ।
यस्तै, जिल्ला अस्पताल लमजुङ दोस्रो र स्वास्थ्य कार्यालय नवलपरासी तेस्रो भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण