प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन आउँदै
शुक्रबार, २४ भदौ २०७९, ११ : ०२
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली आज चितवन आउने भएका छन् ।
कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुने छन् ।
आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन आउन लागेका हुन् । यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदै छ।
एमाले अध्यक्ष ओली भने मातृ शोकमा रहेका एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न चितवन आउन लागेका हुन् । बादलकी आमाको निधन भएको आज छ दिन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण