प्रमोद खरेलको नयाँ गीत ‘तप तप आँशु’ सार्वजनिक
शुक्रबार, २४ भदौ २०७९, ११ : ४८
गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘तप तप आँशु’ सार्वजनिक भएको छ । साहित्यकार ममता मिश्रको शब्द रहेको गीतमा प्रेम, रोमान्स र विरहका शब्द समेटिएको छ ।
नविन कार्कीको संगीत रहेको गीतका शब्दले प्रेममा डुबेको एक प्रेमिल जोडीको कथा भन्छ । ३ दशकदेखि अष्ट्रेलियामा रहँदै आएकी गीतकार मिश्रले गीत हरेक प्रेमी जोडीले रुचाउने आस ब्यक्त गरिन् ।
गीतको भिडियोले भने ट्रयाजेटी प्रेमकथा देखाएको छ । केशव भट्टको निर्देशन रहेको भिडियोमा कमल सिंह र ललना चिमोरिया असफल प्रेमी प्रेमीकाको रुपमा प्रस्तुत भएका छन् । भिडियोको छायांकन उत्सब दाहाल हुन्, भने सम्पादन दिप्सन शाह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
-
‘बीपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
-
हर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण