नर्भिक अस्पतालमा प्रधानमन्त्री देउवाको पाँच मिनेट
शनिबार, २५ भदौ २०७९, १२ : १४
प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका छन् ।
लामो समयदेखि मृगौलाबाट पीडित भई हाल नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न प्रम देउवा पुगेका हुन् ।
शनिवार ११ः३७ मा नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री देउवाले बलायरको स्वास्थ्य अवस्था र उपचारपछि भइरहेको प्रगति लगायतको विषयमा चासो दिएका थिए । करिब ५ मिनेट बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सक टिमसँग कुरा गरी प्रम देउवा फर्किएका थिए ।
धनगढीका ८१ वर्षीय बलायर दुवै मृगौलामा समस्या भई केही दिनअघिदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण