शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा इक्विटी फन्डले २२ प्रतिशत लाभांश दिने

मङ्गलबार, २८ भदौ २०७९, १३ : ००
मङ्गलबार, २८ भदौ २०७९

सानिमा इक्विटी फन्डले २२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले कोष प्रवद्र्धन तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्ड (साफी) नामक योजनाको गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्ता लाभांश वितरण गर्ने भएको हो ।

सोमबार दिउँसो ४ बजे बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कुल एक अर्ब ३० करोड रुपैयाँ बराबरको योजना आकारको २२ प्रतिशत अर्थात् २८ करोड ६० लाख रुपैयाँ लाभांश प्रस्ताव गरिएको छ । लाभांश नगदमा वितरण गरिने बैंकले जनाएको छ । 

साथै उक्त प्रतिफल वितरण गर्ने प्रयोजनका लागि गरिने ईकाइधनी दर्ता किताब बन्द सम्बन्धी सूचना पछि जानकारी गराइने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप