सानिमा इक्विटी फन्डले २२ प्रतिशत लाभांश दिने
मङ्गलबार, २८ भदौ २०७९, १३ : ००
सानिमा इक्विटी फन्डले २२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले कोष प्रवद्र्धन तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्ड (साफी) नामक योजनाको गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्ता लाभांश वितरण गर्ने भएको हो ।
सोमबार दिउँसो ४ बजे बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कुल एक अर्ब ३० करोड रुपैयाँ बराबरको योजना आकारको २२ प्रतिशत अर्थात् २८ करोड ६० लाख रुपैयाँ लाभांश प्रस्ताव गरिएको छ । लाभांश नगदमा वितरण गरिने बैंकले जनाएको छ ।
साथै उक्त प्रतिफल वितरण गर्ने प्रयोजनका लागि गरिने ईकाइधनी दर्ता किताब बन्द सम्बन्धी सूचना पछि जानकारी गराइने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण