शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता

शुक्रबार, ३१ भदौ २०७९, ०६ : ४५
शुक्रबार, ३१ भदौ २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीन पिङबीच भेटवार्ता भएको छ ।  रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीवार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो । 

वार्तामा पुटिनले युक्रेन मामिलामा बेइजिङको 'सन्तुलित अडान'का लागि धन्यवाद दिएका छन्। चीनले युक्रेनमा रुसी हमलाको समर्थन गरेको छैन, तथापि दुबै देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढिरहेको छ।

यसअघि गत फेब्रुअरीमा आयोजित  शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा   सी र पुटिनबीच भेट भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप