पञ्जाबी गायक दलेर मेहन्दीलाई जमानत
मानव तस्करी मामलामा जेलमा रहेका बलिउडका लोकप्रिय पञ्जाबी गायक दलेर मेहन्दीलाई हरियाणा हाईकोर्टले जमानत दिएको छ । पटियाला हाई कोर्टले सुनाएको सजायमा रोक लगाउँदै पञ्जाब र हरियाणा हाईकोर्टल दलेरको जमानत निवेदनलाई स्वीकृति दिएको हो ।
गत जुलाई १४ मा दलेरलाई पटियाला प्रहरीले पक्राउ गरेको थियो । गत तीन महिनायता दलेर जेलमा कैद थिए । १९ वर्ष पुरानो मानव तस्करी मुद्धामा पटियालाको ट्रायल कोर्टले सन् २०१८ मा दलेरलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।
यद्यपि त्यो समयमा दलेरले जमानत पाएका थिए । तर यसपटक भने दलेरले पटियालाका एडिसनल सेशन जजको अगाडि अपिल दर्ता गरेर चुनौती दिएका थिए । चार वर्षसम्म अपिलमा भएको सुनुवाइपछि कोर्टले १४ जुलाई २०२२ मा उनको अपिललाई खारेज गर्दा जेल सजाय सुनाएको थियो ।
अपिल खारेजपछि दलेरले हाई कोर्टमा रिभीजन पिटीशन दायर गरेर अदालतको निर्णयलाई चुनौती दिएका थिए । त्यही दायर पिटीशनको सुनुवाई गर्दै गायकलाई जमानतमा रिहा गर्न आदेश दिएको हो ।
१९ वर्ष अघि दलेर र उनका भाई शमशेर सिंहमाथि बक्शी सिंह नामका एक व्यक्तिले पटियाला सदर थानामा उजुरी दिएका थिए । उजुरीमा दलेर र उनका भाइले आफ्नो मण्डली सदस्यका रुपमा केही व्यक्तिलाई अवैध रुपमा विदेश पठाउनका लागि मोटो रकम असुलेको आरोप लगाइएको थियो ।
सन् २००३ मा सदर पुलिस स्टेसनमा दर्ता पहिलो निवेदन अनुसार मेहन्दी दाजुभाइले सन् १९९८ र १९९९ मा दुई मण्डली लिएका थिए । यो बेला १० व्यक्तिलाई समूह सदस्यका रुपमा अमेरिका लगिएको थियो र अवैध रुपमा त्यही छोडिएको थियो ।
पहिलो उजुरी दर्ता पछि प्रहरीले गायकविरुद्ध ३५ अन्य उजुरी पाएको थियो । सन् २०१८ मा न्यायिक मजिस्ट्रेट प्रथम श्रेणीको अदालतले दुवै भाइलाई दोषी ठहर्याउँदै दुई वर्षको जेल सजाय सुनाएको थियो । त्यसपछि उनीहरुलाई जमानत दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण