पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न सिरहा आउँदै एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिरहा आउने भएका छन् । विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश तथा आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली सिरहा आउन लागेका हुन् ।
सिरहाले गोलबजार नगरपालिकामा ८ चोहर्वा स्थित नमूना जनता मावि प्राङ्गणमा एमालेले जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । उनले विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको नेकपा एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले बताए ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, एकीकृत समाजवादी लगायतका पार्टीबाट ठुलो संख्यामा एमाले प्रवेश गर्न लागेको जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए ।
स्रोतका अनुसार जसपा नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रामबल्लभ साह, माओवादी केन्द्रका नेता तथा कार्यकर्ता जसपा नेता तथा सिरहा नगरपालिकाका निवर्तमान वडाध्यक्ष गोपाल यादवसँगै हजारौं कार्यकर्ता आज एमालेमा प्रवेश गर्दै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
-
सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण