काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
शुक्रबार, ३१ भदौ २०७९, ११ : ५९
काठमाडौं महानगरपालिका–३१ कात्यानीचोकबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्यानीचोकमा डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका–५ घर भएकी इन्दिरा तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तामाङको कोठामा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ९ सय ९० रूपैयाँ र १८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण