२०७४ को बन्दसूची असोज १ बाट खारेज, १८ हजारलाई राहत !
२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गतेबाट खारेज हुने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै अघिल्लो निर्वाचनको बन्दसूची खारेज भएको जनाएका हुन् ।
‘२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची मिति २०७९।०६।०१ गते राति १२ः०० बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
आयोगले राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ को पत्र तथा भदौ २९ मा राजनीतिक दलसँगको बैठक वाट प्राप्त सुझावका आयोगले यस्तो निर्णय गरेको जनाएको हो । आयोगले गरेको यो निर्णयको जानकारी प्रतिनिधि सभा, प्रदेश सभा, संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।
मंसिरको निर्वाचनका लागि आयोगले यसअघि नै असोज २ गतेबाट समानुपातिक तर्फको बन्द सूची पेश गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । २०७४ को बन्दसूचीमा १८ हजार जनाको नाम सूचीकृत थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण