आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश नेपालमै दोस्रो पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा

शनिबार, ०१ असोज २०७९, ११ : २५
शनिबार, ०१ असोज २०७९

स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल उद्धेश्यका साथ लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको  छ। लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालको दोस्रो प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

प्रदेश राजधानी दाङको राप्ती गाउँपालिकाको कार्यालयमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन् । पूर्ण खोप सुनिश्चितता घोषणा सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश प्रमुख शेरचनले स्वास्थ्यकर्मी हरुको मेहनत र खटाइले प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताए ।

नेपालको शिक्षाले स्वास्थ्यमा कुन कुन वस्तुले असर गर्छ भन्ने कुरा पाठ्यक्रम आउन जरूरी रहेको पनि उनले बताए । स्थानीय स्तरका नागरिकमा खोपका बारेमा उचित ज्ञान नहुँदा अहिले ५ वटा प्रदेशमा पुर्ण खोप सुनिश्चितता घोषणा हुन नसकेको उनले बताए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री इन्द्रजित थारूले कतिपय पिछडिएका समुदायलाई खोपको महत्व बुझाउन नसकेको कारण पनि पूर्ण खोप सुनिश्चितता धेरै समस्या आएको बताए । अहिले नेपालमा ११ वटा रोगहरु बिरुद्धमा खोप अभियान सञ्चालन गरेको छ । जसले मानव जीवनमा असर गरिरहेको थियो यसलाई खोप मार्फत उन्मुलन गर्ने नियन्त्रण गर्ने बाल मृत्युदर र बाल अपाङ्गता घटाउने काम खोपले गर्दै आईरहेको बताउँदै यसलाई निरन्तरता दिन स्थानीय तहहरुले पनि प्राथमिकताका साथ ध्यान दिन सके अवश्य पनि पूर्ण खोप अभियान सफल हुने बताए । 

पूर्ण खोप अभियानमा आगामी दिनमा हुनसक्ने स्वास्थ्य चुनौतीको सामना गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गर्ने र यो अभियानलाई दीर्घकालिन रुपमा निरन्तरता दिन जोड गर्दै हामी सबैको सार्थक प्रयासले लुम्बिनी प्रदेशको समग्र विकास र पुर्ण खोप मानव जीवनको सुरक्षित भविष्य भएको मन्त्री थारूले बताए ।

लुम्बिनी प्रदेश पूर्ण खोप समन्वय समितिका अध्यक्ष तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले पूर्ण खोप सुनिश्चितताको दिगोपन र भावी रणनीति र चुनौतिहरुलाई ​ फोकस गर्दै बिशेष गरी ग्रामिण र सीमा क्षेत्रका बालबालिकाहरूलाई सर्वेक्षण गर्न निकै चुनौती रहेको बताए । खोप प्रतिको अशिक्षाले अझै पनि केहि समुदायहरूमा खोपको ड्रपआउट हुन नसकेको बताए । 

प्रदेश पूर्ण खोप समन्वय समितिका सदस्य सचिव डा विनोदकुमार गिरीले स्वागत मन्तव्य राख्दै लुम्बिनी प्रदेशका खोपको अबस्था र पूर्ण खोप घोषणाको दिगोपना सुनिश्चितताको बिषयमा बताएका थिए । सो अवसरमा प्रत्यक्ष रुपमा सहयोग गर्ने लुम्बिनी प्रदेशका १२ वटै जिल्ला समन्वय प्रमुख र स्वास्थ्यकर्मीहरु लगायतका व्यक्तिहरुलाई कदर पत्र प्रदान गरेर सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप