जसपाले समानुपातिक उम्मेदवारको टुङ्गो लगाउन सकेन
जनता समाजवादी पार्टी नेपाललाई समानुपातिक उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिन हम्मे हम्मे परेको छ । शनिबार राती अबेरसम्म सिंहदरबारमा बसेको जसपाको कार्यकारिणी समितिको बैठकले बन्दसूचीलाई पूर्णता दिन सकेन । संसदीय बोर्डबाट सिफारिस भएको नाममा कार्यकारिणीले दुई दिनसम्म छलफल गरे पनि अन्तिम रुप दिन सकेन ।
अब त्यसलाई शीर्ष तहमै टुङ्ग्याउने तयारी भइरहेको बताइएको छ । स्रोतका अनुसार अन्य प्रदेशमा लगभग कुरा मिलि सकेको छ, मधेश प्रदेशमा मिलेको छैन । त्यसलाई मिलाउनका लागि पार्टीका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका इन्चार्ज मृगेन्द्रकुमार सिंह यादव, प्रवक्ता मनिष सुमन र कार्यालय सचिव प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ । उनीहरु आजै मधेश प्रदेशबाट सिफारिस भइ आएको नामहरुलाई टुगों लगाउने छन् ।
प्रवक्ता सुमनले भने, ‘समानुपातिक उम्मेदवारको बन्दसूची लगभग राती नै टुगों लागि सकेको छ, त्यसलाई कलष्टर अनुसार राखेर अन्तिम रुप दिन बाँकी छ । आज सबै कुराको टुगों लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण