चीनको पहिलो मङ्गल अन्वेषण अभियान सफल
आइतबार, ०२ असोज २०७९, २१ : १२
चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ ।
सीएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिनभन्दा बढी समयदेखि सामान्य रूपमा काम गरिरहेको छ भने रोभर झुरोङले मंगलग्रहको सतहमा एक हजार ९२१ मिटरको यात्रा गरेको छ ।
चीनको तियानवेन–१ प्रोबको आर्बिटर र रोभरले लक्षित वैज्ञानिक अन्वेषण मिसन पूरा गरेको छ र एक हजार ४८० गिगाबाइट कच्चा वैज्ञानिक तथ्याङ्क प्राप्त गरेको छ ।
तियानवेन–१ खोजमा एक आर्बिटर, एक ल्यान्डर र एक रोभर हुन्छन् । सन् २०२१ को मे १५ मा मंगलग्रहको विशाल मैदान युटोपिया प्लेनिटियामा चीनले पहिलो पटक पृथ्वीमा यान अवतरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण