शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभा र प्रदेश निर्वाचन क्षेत्रअनुसार कहाँ कति मतदाता र मतदान केन्द्र ? (सूचीसहित)

मङ्गलबार, ०४ असोज २०७९, १० : ५१
मङ्गलबार, ०४ असोज २०७९

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्र र मतदान स्थल तय गरेको छ । साथै आयोगले सबै ७७ वटै जिल्ला अन्तरगत पर्ने निर्वाचन क्षेत्रका मतदाता पनि सार्वजनिक गरेको छ । 

आयोगले प्रतिनिधिसभा अन्तर्गतका निर्वाचन क्षेत्र, प्रदेशसभा अन्तर्गतका निर्वाचन क्षेत्रका मतदाता, मतदान केन्द्र, मतदानस्थल छुट्याएर विवरण सार्वजनिक गरेको हो । यस्तै महिला र पुरुष मतदाताको संख्याका साथै तेस्रो लिंगी मतदाताको विवरण पनि सार्वजनिक गरेको छ । 

आयोगले ​ मतदाता परिचयपत्रमा नाम लेखाएकामध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुगेकाले मत खसाल्न पाउने जनाएको  छ । जसअनुसार कुल मतदाता संख्या १  करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको आयोगले जनाएको छ।  आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ । 

यस्तै देशभर १० हजार ८९१ मतदान स्थल र २२ हजार २२६ जना मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप