सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती झण्डा बनाउन चिनियाँ कम्पनीलाई भ्याइनभ्याई

मङ्गलबार, ०४ असोज २०७९, ११ : १३
मङ्गलबार, ०४ असोज २०७९

८ सेप्टेम्बरमा बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनपछि चीनको एउटा कारखाना बेलायती झण्डा बनाउन निकै व्यस्त देखियो । एपी समाचार संस्थाका अनुसार बेलायती झण्डा बनाउन १०० भन्दा बढी कामदारलाई छुट्टयाइएको थियो । 

कुटनीतिक दरारपछि चिनियाँ अधिकारीहरुलाई बेलायती महारानीको कफिनमा श्रद्धाञ्जलि दिन प्रतिबन्ध लगाइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।

सांघाइको दक्षिणमा रहेको शाओक्सिङ चुआङ्दोङ टुर आर्टिकल कम्पनीमा कर्मचारीहरूले दिनमा करिब १४ घण्टासम्म झण्डा बनाउने काममा लगाइएको थियो । महाप्रबन्धक फ्यान एइपिङका अनुसार उनीहरुले पहिलो सातामा कम्तीमा ५ लाख झण्डा बनाएका थिए । 

अधिकांश झण्डामा रानीको तस्विर र उनको जन्म र मृत्युको वर्ष उल्लेख छ । फ्यानका अनुसार  एउटै ग्राहकले हजारौँ झण्डाको अर्डर गरेका थिए । महारानी एलिजाबेथको सोमबार अन्तिम संस्कार गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप