बेलायती झण्डा बनाउन चिनियाँ कम्पनीलाई भ्याइनभ्याई
८ सेप्टेम्बरमा बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनपछि चीनको एउटा कारखाना बेलायती झण्डा बनाउन निकै व्यस्त देखियो । एपी समाचार संस्थाका अनुसार बेलायती झण्डा बनाउन १०० भन्दा बढी कामदारलाई छुट्टयाइएको थियो ।
कुटनीतिक दरारपछि चिनियाँ अधिकारीहरुलाई बेलायती महारानीको कफिनमा श्रद्धाञ्जलि दिन प्रतिबन्ध लगाइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।
सांघाइको दक्षिणमा रहेको शाओक्सिङ चुआङ्दोङ टुर आर्टिकल कम्पनीमा कर्मचारीहरूले दिनमा करिब १४ घण्टासम्म झण्डा बनाउने काममा लगाइएको थियो । महाप्रबन्धक फ्यान एइपिङका अनुसार उनीहरुले पहिलो सातामा कम्तीमा ५ लाख झण्डा बनाएका थिए ।
अधिकांश झण्डामा रानीको तस्विर र उनको जन्म र मृत्युको वर्ष उल्लेख छ । फ्यानका अनुसार एउटै ग्राहकले हजारौँ झण्डाको अर्डर गरेका थिए । महारानी एलिजाबेथको सोमबार अन्तिम संस्कार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण