चिट्ठा किन्न छोराको खुत्रुक्के फुटाएर ५० रुपैयाँ लिएका अनुपको भाग्य चम्कियो, २५ करोड जिते
दुई वर्षका छोराको खुत्रुक्के फुटाएर भारतको केरल राज्यस्थित श्रीवराहम निवासी अनुप बी जब पैसा लिँदै थिए, पत्नीले उनलाई निकै गाली गरेकी थिइन् । तर पत्नीको गालीलाई बेवास्ता गर्दै उनले जब चिट्ठा किने, त्यसले उनको भाग्य चम्कियो । उनले सोही चिट्ठाबाट २५ करोड भारु जितेका छन् ।
२९ वर्षीय अनुपका अनुसार उनले ५०० रुपैयाँको चिट्ठा किनेका थिए । उक्त चिट्ठा किन्न उनलाई ५० रुपैयाँ नपुगेपछि छोराको खुत्रुक्के फुटाएर पैसा निकाल्नु परेको थियो ।
उनले बीबीसी हिन्दीसँग भने, ‘भोलिपल्टै चिट्ठाको नतिजा आउँदै थियो, मसँग ५० रुपैयाँ अपुग थियो, खुत्रुक्के फुटाउनुबाहेक अर्को विकल्प पनि थिएन ।’
तर, उनको यो कदमले परिवारकै लागि भाग्यको ढोका खोलेको छ । अटो रिक्सा चलाएर जीविकोपार्जन गर्दैै आएका उनले आफू अहिले ऋणमा रहेको पनि सुनाए । उनले उक्त रकमबाट सबैभन्दा पहिला ऋण तिर्ने बताए । ५/६ लाख रुपैयाँ ऋण तिर्नुपर्ने उनको भनाइ छ ।
उनले चिट्ठामा २५ करोड रुपैयाँ जितेपछि कर कट्टी लगायतका प्रक्रिया पूरा गरेर १५ करोड ७५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । ऋण तिरेर बाँकी रहेको पैसाले घर बनाउने, होटल खोल्ने र केही सामाजिक काम गर्ने उनको योजना छ ।
यो पनि संयोग नै हो कि अघिल्लो वर्ष ओणम बम्पर लटरीको टिकट एक रिक्सा चालकलाई नै परेको थियो र अनुप पनि अटो रिक्सा नै चलाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण