बुटवलमा दसैँ सस्तो बजार सञ्चालनको तयारी
बुधबार, ०५ असोज २०७९, १३ : ०१
बुटवलमा दसैँ सस्तो बजार सञ्चालन हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले दशैंको घटस्थापना देखि ५ दिनसम्म दशैं सस्तो बजार सञ्चालनको तयारी गरेको जनाएको छ ।
यहि असोजको १० गते घटस्थापनादेखि १४ गते पञ्चमीसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुको सुपथ मुल्यमा विक्रि वितरण गरिने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताएका छन् । उनका अनुसार बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बालमन्दिरमा प्राङ्गणमा हुने दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुका स्टल सहित नयाँ नोट सटहीको व्यवस्था मिलाइने छ ।
संघका महासचिव बिमलराज भट्टराईले दुग्धजन्य उत्पादन, नुन, चिनी, माछा, मासु, अण्डा लगायतका दैनिक उपभोग्य बस्तुहरु दशैं सस्तो बजारमा राखिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण