बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलमा दसैँ सस्तो बजार सञ्चालनको तयारी

बुधबार, ०५ असोज २०७९, १३ : ०१
बुधबार, ०५ असोज २०७९

बुटवलमा दसैँ सस्तो बजार सञ्चालन हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले दशैंको घटस्थापना देखि ५ दिनसम्म दशैं सस्तो बजार सञ्चालनको तयारी गरेको  जनाएको छ ।

यहि असोजको १० गते घटस्थापनादेखि १४ गते पञ्चमीसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुको सुपथ मुल्यमा विक्रि वितरण गरिने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताएका छन् । उनका अनुसार बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बालमन्दिरमा प्राङ्गणमा हुने दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुका स्टल सहित नयाँ नोट सटहीको व्यवस्था मिलाइने  छ ।

संघका महासचिव बिमलराज भट्टराईले दुग्धजन्य उत्पादन, नुन, चिनी, माछा, मासु, अण्डा लगायतका दैनिक उपभोग्य बस्तुहरु दशैं सस्तो बजारमा राखिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप