निर्वाचन आयोगद्वारा मुख्य निर्वाचन अधिकृत नियुक्त, को कहाँ ?
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
जिल्ला न्यायाधीश र नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो । उनीहरूलाई यही असोज ११ गतेदेखि लागु हुने गरी उक्त पदमा नियुक्त गरिएको आयोगले जनाएको छ ।
“संवत् २०७९ मंसिर ०४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम देहायका माननीय जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मिति २०७९/०६/११ गतेदेखि लागु हुने गरी देहायबमोजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको छ,” आयोगले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण