इरानका प्रदर्शनकारीप्रति मेरो ऐक्यबद्धता छ : बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानका महिला प्रदर्शनकारीसँग आफ्नो ऐक्यबद्धता रहेको जनाएका छन् । प्रहरीद्वारा गिरफ्तार गरिएकी एक युवतीको मृत्युको विरोधमा भइरहेका प्रदर्शनमा अन्य ८ जनाको मृत्यु भइरहेका बेला राष्ट्रपति बाइडेनले प्रदर्शनकारीसँग आफ्नो एक्यबद्धता रहेको बताएका हुन् ।
इरानी राष्ट्रपति इब्राहिम राईसीको भाषणको लगत्तै संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै बाइडेनले तेहरानका प्रदर्शनकारीहरूलाई अभिवादन गरे । “आज हामी साहसी नागरिकहरू र इरानका साहसी महिलाहरूसँग एकवद्ध छौं जो अहिले आफ्नो आधारभूत अधिकार सुरक्षित गर्न प्रदर्शन गरिरहेका छन्,“ बाइडेनले महासभालाई सम्बोधन गर्ने क्रममा भने ।
हिजाब कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी एक महिलाको हिरासतमा मृत्यु भएपछि इरानमा महिलाले तीव्र विरोध प्रदर्शन गरेका छन् । आक्रोशित प्रदर्शनकारीहरुले सार्वजनिक स्थलमै स्कार्फ जलाएका छन् । विभिन्न ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएका छन् ।
प्रदर्शन नियन्त्रण गर्न सरकारले पानीको छर्रा, अश्रु ग्यास र रबरका गोली प्रहार गरेको छ । कम्तीमा तीन जना प्रदर्शनकारी घाइते भएका छन् । तीन दिनसम्म कोमामा रहेकी महसा अमिनीको शुक्रबार अस्पतालमा निधन भएको थियो । अमिनीलाई इरानको प्रहरीले गत साता राजधानीमा गिरफ्तार गरेको थियो । उनीमाथि हिजाब उल्लंघन गरेको आरोप लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण