इतिहासकै कमजोर अवस्थामा नेपाली नोट
अमेरिकी डलरसँगको विनियम दरका आधारमा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १२९ रुपैयाँ ६८ पैसा लाग्ने भएको छ ।
अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि परेको हो । नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनियम दर स्थीर (पेग) गरेको छ । सोही कारण भारतीय मुद्रा बलियो हुँदा नेपाली मुद्रासँग अमेरिकी डलरको विनियम दर कम हुन्छ भने भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रासँग अमेरिकी डलरको विनियम दर बढी हुन्छ । नेपालले १०० भारु बराबर १६० नेरु हुने गरी भारतीय मुद्रासँग पेग गरेको छ ।
बिहीबार एक अमेरिकी डलर खरिद गर्न ८०.८५ भारु तिर्नु परेको थियो । सोही कारण नेपालमा पनि अमेरिकी डलरको विनिमय दर बढेको हो । अमेरिकी डलरको भाउ बढेपछि नेपालले डलरमा खरिद गर्ने वस्तु तथा सेवाको लागत बढ्ने छ र मूल्य बृद्धि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण