श्री लालीगुराँस र स्टार सहकारीबीच मर्ज सम्झौता
ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्रारम्भिक सम्झौता भएको छ ।
आज ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा श्री लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ र स्टारका अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहकारी ऐन –२०७४ , नियमावली –२०७५ र सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका –२०७७ को अधिनमा रही एकीकरण सम्झौता भएको हो ।
सम्झौता पत्रमा दुई सहकारी एकीकरण गर्न संयोजन कार्यदल गठन भएको उल्लेख छ । कार्यदलमा श्री लालीगुराँसका तर्फबाट अध्यक्ष अमरदास श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चार्टड एकाउन्टेन्ट (सिए) गोविन्द शर्मा गैरे रहेका छन् । त्यस्तै स्टार बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चार्टड एकाउन्टेन्ट (सिए) प्रयास श्रेष्ठ रहेका छन् ।
सम्झौता लगत्तै दुई ठुला श्री लालीगुराँस र स्टारबीचको मर्जर प्रकृया शुरुवात भएको छ । ललितपुरका दुई ठुला संस्था बीचको सम्झौताले दुवै संस्थाका संचालक समिति, उपसमिति र शेयर सदस्यमा थप उर्जा बढ्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण