शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले माग्यो घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव

शुक्रबार, ०७ असोज २०७९, २२ : ३२
शुक्रबार, ०७ असोज २०७९

नेपाली कांग्रेसले घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव मागेको छ । शुक्रवार सूचना प्रकाशित गर्दै कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरिरहेको घोषणापत्रलाई हाइटेक प्रविधिमार्फत सुझाव मागेको हो ।

'यस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र' भनेर हाइटेक प्रविधिमार्फत कांग्रेसका समर्थक शुभचिन्तक तथा सर्वसाधारणले सुझाव दिन सक्ने घोषणापत्र तयारी समितिका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए । उनका अनुसार ह्वाट्स एप, भाइबर, इमो, आफ्नो आवाज रेकर्ड गरेर, डिजिटल फर्म, इमेल, ट्विटर, फेसबुकबाट सुझाव पठाउन सकिने छ । कांग्रेसले विविध माध्यमबाट प्राप्त जनभावनालाई समितिको अलग टिमले संग्रह गरेर उपयुक्त सुझावहरू घोषणापत्रमा समेट्ने जनाएको छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप