कांग्रेसले माग्यो घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव
शुक्रबार, ०७ असोज २०७९, २२ : ३२
नेपाली कांग्रेसले घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव मागेको छ । शुक्रवार सूचना प्रकाशित गर्दै कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरिरहेको घोषणापत्रलाई हाइटेक प्रविधिमार्फत सुझाव मागेको हो ।
'यस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र' भनेर हाइटेक प्रविधिमार्फत कांग्रेसका समर्थक शुभचिन्तक तथा सर्वसाधारणले सुझाव दिन सक्ने घोषणापत्र तयारी समितिका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए । उनका अनुसार ह्वाट्स एप, भाइबर, इमो, आफ्नो आवाज रेकर्ड गरेर, डिजिटल फर्म, इमेल, ट्विटर, फेसबुकबाट सुझाव पठाउन सकिने छ । कांग्रेसले विविध माध्यमबाट प्राप्त जनभावनालाई समितिको अलग टिमले संग्रह गरेर उपयुक्त सुझावहरू घोषणापत्रमा समेट्ने जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण