सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

छाती धेरै दुखेर जचाउन जाँदा एक्सरेमा देखियो पाँच वर्षअघि हराएको नोज–रिङ

शनिबार, ०८ असोज २०७९, २१ : ३२
शनिबार, ०८ असोज २०७९

अमेरिकामा एक व्यक्तिले पाँच वर्षअघि उनको नाकमा लगाइरहेको ‘नोज–रिङ’ हराएका थिए । त्यो पाँच वर्षसम्म उक्त रिङ उनको फोक्सोमा रहेको थियो तर त्यसबारे उनलाई केही पनि थाहा थिएन ।  तर एक महिनाअघि एक रात, न्यूयोर्क निवासी ती पुरुष जोय लाइकिन्सलाई खोकी लाग्न थाल्यो । छाती र ढाड बेस्कन दुख्न थाल्यो । 

निक्कै गाह्रो भएपछि परिवारले जोयलाई अस्पताल भर्ना गर्नुपर्ने स्थिति आयो । प्रारम्भिक अवलोकनका आधारमा डाक्टरहरूले निमोनियाको आशंका गरेका थिए ।  तर पछि एक्सरे गरेर हेर्दा डाक्टर नै छक्क परे । जोयको फोक्सोमा ०.६ इन्चको नोज–रिङ अड्किएको थियो । डाक्टरले शल्यक्रिया गरेर नोज–रिङ निकालेका छन् ।

जोय लिकिन्सका अनुसार चिकित्सकले नोज–रिङ यति लामो समय छातीमा रहँदा पनि उनको फोक्सो स्वस्थ रहनु ठूलो कुरा भएको बताए । जोय आफैले यस घटनाबारे सामाजिक सञ्जालमा बाहिर ल्याएका हुन् । यससँगै एक्स–रे रिपोर्ट पनि सामाजिक सञ्जालमा पोष्ट गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप