उडानमा यात्रुले परिचरलाई कुटेपछि...
उडानका समयमा एक यात्रुले परिचरलाई आक्रमण गरेका छन् । मेक्सिकोको लस क्याबोसबाट लस एन्जलसका लागि उडेको एक अमेरिकी एयरलाइन्सका यात्रुले परिचरलाई आक्रमण गरेका हुन् । आक्रमण गर्ने यात्रुलाई आजीवन उडान यात्रामा प्रतिबन्ध लगाइएको छ । बुधबार अमेरिकन एयरलाइन्सको उडान ३७७ मा उक्त घटना भएको हो । आक्रमणको भिडियो अर्का यात्रुले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त भिडियो अहिले भाइरल भएको छ ।
वासिंगटनपोस्टका अनुसार स्थानीय समयअनुसार दिउसो साढे तीन बेज उक्त विमान एल एन्जलस विमानस्थलमा अवतरण गरेको थियो । अवतरणपछि ती यात्रुलाई संघीय अनुसन्धान व्युरोका अधिकारीहरूले हटाएका थिए । ट्वीटरमा सेयर गरिएको ३३ सेकेन्ड लामो भिडियो क्लिपमा विमानका पुरुष परिचरले यात्रुलाई ‘तपाइँले मलाई धम्की दिएको हो ?’ भनेको सुन्न सकिन्छ । त्यति भनेर उनी अगाडि बढ्दा पछाडिबाट सुन्तला रंगको सर्ट लगाएका यात्रु पछाडिबाट दौडिएर मुड्कीले परिचरको टाउकोमा हिर्काउछन् ।
एक यात्रुले ‘तपाइँले के गरेको हो ?’ भनेर ती व्यक्तिलाई झपारेका देखिन्छन् । कुटाइ खाएका परिचरको उद्दार गर्न एयर होस्टेस आएको पनि भिडियोमा देख्न सकिन्छ । बाँकी उडानभर ती व्यक्तिलाई विमानका अन्य यात्रुले नियन्त्रणमा लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण