विदेशी मुद्राको अपचलन गर्नेविरुद्ध मुद्दा
आइतबार, ०९ असोज २०७९, १५ : २०
राजश्व अनुसन्धान विभागले विदेशी मुद्राको अपचलन गर्नेविरुद्ध ४३ हजार रुपैयाँ बिगोदाबीसहित मुद्दा दायर गरेको छ । विभागले नवलपरासी सरावल गाउँपालिकाका आनन्द प्रसाद कलवरविरुद्ध मुद्दा दायर गरेको हो ।
कलवरले विदेशी विनिमयको अपचलन गरेको भन्दै धादिङ सिम्ले अस्थायी प्रहरी चौकीले पत्र पठाएको थियो । सोही पत्रअनुसार, कलवारलाई पक्राउ गरेर कारबाहीका लागि असार १४ गते विभागमा पेश गरिएको थियो ।
विभागले कलवारको साथबाट भेटिएको विदेशी मुद्राको सटहीदरअनुसार ६ ला ३५ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा ओसारप्रसार गरेको पाइएको जनाएको छ । उक्त रकम बराबरको विदेशी मुद्रा जफत गरेर बिगोदाबी समेत माग गर्दै मुद्दा दायर गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण