डडेलधुरामा अविरल वर्षाले राजमार्ग अवरुद्ध
आइतबार, ०९ असोज २०७९, १५ : ४८
लगातारको वर्षाका कारण डडेलधुरादेखि डोटी जाने सडकखण्डको रडुवामा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरोका कारण बुढर–जोगबुडा सडक पनि बन्द रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
शनिबार साँझदेखि परेको लगातारको वर्षाका कारण केआइसिंह राजमार्गसँगै अन्य ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । आज बिहान डडेल्धुरा–डोटी जोड्ने उक्त राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनबीच बाटोमै रोकिएका छन् ।
भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा पनि पहिरो झरेको छ । पहिरोले आधा सडकमा अवरोध गरेपछि अहिले एकतर्फी रुपमा सवारी सञ्चालमा आएको र त्यहाँ सवारी जाम लागेको यात्रुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण