नेपाली कांग्रेसको समानुपातिक बन्दसूचीमा को–को परे थारु कोटाबाट ?
नेपाली कांग्रेसले निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा थारु कोटाबाट ६ जनाको नाम समावेश भएको पाइएको छ ।
दाङका योगेन्द्र चौधरी र सुनसरीकी कल्पना चौधरी, नवलपरासीकी विना कुमारी थनेत समानुपातिक सूचीमा सामेल छन् । कैलाली जिल्लाका ३ जनाको नाम समानुपातिक सूचीमा छ । कैलालीबाट समावेश हुनेमा खेम डंगौरा चौधरी, रामकुमारी चौधरी र जीवन राना छन् ।
सूचीमा योगेन्द्र चौधरी ९५औं नम्बरमा छन् । तर उनी थारु कोटाबाट एक नम्बरमा रहेको स्रोतको दाबी छ । सूचीको ९८ औं नम्बरमा रहेका कांग्रेस कैलाली उपसभापति डंगौरा चौधरी भने थारु कोटाको दोस्रो नम्बरमा छन् । जिल्ला उपसभापति डंगौरा चौधरीले सूचीमा अझै हेरफेर हुन सक्ने सम्भावना रहेको बताए ।
कांग्रेसले समानुपातिकतर्फ ११० जनाको सूची आयोगमा बुझाएको छ । जसमा नेता विमलेन्द्र निधि पहिलो नम्बरमा छन् । सूचीमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवासमेत सामेल छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण