महोत्तरीमा तीन लाख ९७ हजार मतदाता कायम
आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख ९७ हजार मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोधकुमार महतोका अनुसार चार वटा प्रतिनिधिसभा तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आसन्न निर्वाचनका लागि तीन लाख ९७ हजार ३० मतदाता कायम भएका छन् ।
उनले जिल्लामा दुई लाख १५ हजार एक सय ३१ पुरुष, एक लाख ८१ हजार आठ सय ९८ महिला र एक जना अन्य गरी तीन लाख ९७ हजार ३० मतदाता कायम भएको जानकारी दिए । जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा ९८ हजार चार सय ९७ मतदाता कायम भएका छन् । त्यस्तै २ नम्बर निर्वाचन क्षेत्रमा ९९ हजार सात सय सात मतदाता कायम भएका छन् ।
त्यसैगरी ३ नम्बर निर्वाचनमा ९९ हजार नौ सय ३० मतदाता र ४ नम्बर निर्वाचन क्षेत्रमा ९८ हजार आठ सय ९६ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी महतोले बताए । यसअघि गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा महोत्तरीमा तीन लाख ९१ हजार पाँच सय ७७ मतदाता रहेका थिए भने अहिले सो सङ्ख्या पाँच हजार चार सय ५३ ले बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण