महोत्तरीमा तीन लाख ९७ हजार मतदाता कायम
आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख ९७ हजार मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोधकुमार महतोका अनुसार चार वटा प्रतिनिधिसभा तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आसन्न निर्वाचनका लागि तीन लाख ९७ हजार ३० मतदाता कायम भएका छन् ।
उनले जिल्लामा दुई लाख १५ हजार एक सय ३१ पुरुष, एक लाख ८१ हजार आठ सय ९८ महिला र एक जना अन्य गरी तीन लाख ९७ हजार ३० मतदाता कायम भएको जानकारी दिए । जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा ९८ हजार चार सय ९७ मतदाता कायम भएका छन् । त्यस्तै २ नम्बर निर्वाचन क्षेत्रमा ९९ हजार सात सय सात मतदाता कायम भएका छन् ।
त्यसैगरी ३ नम्बर निर्वाचनमा ९९ हजार नौ सय ३० मतदाता र ४ नम्बर निर्वाचन क्षेत्रमा ९८ हजार आठ सय ९६ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी महतोले बताए । यसअघि गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा महोत्तरीमा तीन लाख ९१ हजार पाँच सय ७७ मतदाता रहेका थिए भने अहिले सो सङ्ख्या पाँच हजार चार सय ५३ ले बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२८ निर्माण कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो लिखित स्पष्टीकरण
-
समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने
-
मुख्यमन्त्री कार्की लागे काठमाडौँ, सर्वोच्चमा मुद्दा दर्ता गराउने
-
उपल्लो दरवाङको सडक अठार वर्षपछि कालोपत्र
-
केयूको आयोजनामा साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी हुँदै
-
बागमती प्रदेशको बजेट आकार घट्ने