प्रतिबन्धित लागुऔषधसहित ३ जना प्रहरी नियन्त्रणमा
बुधबार, १२ असोज २०७९, ०८ : ५९
झापाको बिर्तामोड–५ पाथिभरा टोलबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १३ ग्रामसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा इलाम माई नगरपालिका २ बस्ने वर्ष २२ का केबिन्द्र गोले, सोही स्थानका वर्ष २७ का गोम्बु दोर्जे गोले र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ बस्ने वर्ष ३२ का सन्त लिम्बु रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी झापाका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली समाजवादप्रतिको चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण