समुद्री आँधीले क्युबामा ब्ल्याक आउट
बुधबार, १२ असोज २०७९, १३ : ०२
समुद्री आँधी इयानका कारण क्युबा देश पुरै विद्युत्विहीन बनेको त्यहाँको सरकारले जानकारी दिएको छ । मुख्य पावर प्लान्टलाई पुनः सुचारु गर्न नसकेपछि विद्युतीय व्यवस्था नै ध्वस्त बनेको अधिकारीहरूले बताएका छन् ।
त्यहाँको विद्युत् प्राधिकरणका प्रमुखले करिब १.१ करोड जनसङ्ख्या अन्धकारमा रहेको जानकारी दिएका छन् । स्थानीय पत्रकारले एन्टानियो गुटेरेस थर्मो इलेक्ट्रिक पावर प्लान्टलाई पनि सुचारु गर्न नसकिएको जानकारी दिए ।
आँधीबाट कम्तीमा दुई जनाको मृत्यु भएको छ भने धेरै संरचनाहरुमा क्षतिमा पुगेको छ । १९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको सो आँधी यतिबेला अमेरिकाको फ्लोरिडा राज्यतर्फ अघि बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण