डीआरको ‘ईशा’ सार्वजनिक
एउटै एल्बममा ४५ वटा भिडियो कलेक्सन रहेको एल्बम ‘ईशा’ सार्वजनिक गरिएको छ । कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको यो एल्बम कमलपोखरी स्थित सिटी सेन्टरको भीडभाडमा विमोचन गरिएको हो ।
गीतकार संघका निवर्तमान अध्यक्ष चुण्डामणि देवकोटाका, सर्जक डा.उपाध्याय, सञ्चारकर्मी तुलसी गिरी लगायतले एल्बम विमोचन गरेका थिए ।
कार्यक्रममा गीतकार देवकोटाले उपाध्यायले आफ्ना सिर्जना श्रोता-दर्शकमाझ ल्याउँदा सधैं अपनाउने अलग अलग र पृथक तरिकाले सबैलाई आकर्षण गर्ने गरेको बताए । उनले नेपाली गीत संगीतको फाँटमा उपाध्यायको काम सबैका लागि प्रेरणादायी भएको भन्दै अझ धेरै सिर्जना पस्किनका लागि शुभकामना दिए ।
त्यस्तै एल्बमा श्रष्ठा गीतकार डा. उपाध्यायले आफूलाई हरेक काम फरक तरिकाले गर्न मनपर्ने भएकोले हरेक पटक फरक तरिकाबाट एल्बम विमोचन गर्ने गरेको बताए । उनले सार्वजनिक एल्बममा सबै प्रकारका गीतका भिडियो सहित समेटेकोले श्रोता दर्शकका लागि यो एउटा राम्रो प्याकेज भएकोले सबैको मन छुने विश्वास ब्यक्त गरे ।
एल्बममा रहेको गीत तथा भिडियोमा चलेका गायक गायिका, संगीतकारकै स्वर तथा संगीत रहेको छ भने म्युजिक भिडियोमा पनि अहिले चलेकै मोडलहरुले प्रथामिकता पाएका छन् ।
गीतसंगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गरेका उपाध्यायका १४ उपन्यास र सयौं गीत यस अगाडि सार्वजनिक भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण