पोखरा महानगरले आफ्नै भवनको अण्डर ग्राउण्ड खाली गरायो, अब पार्किङका लागि प्रयोग गरिने
पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग भैरहेको सिर्जनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको अण्डग्राउण्ड खाली गरेर पार्किङका लागि खुला गरेको हो ।
पोखराले नगर क्षेत्रभित्र भूमिगत पार्किङ राख्ने सहमतिका साथ सहुलियत लिएकाहरुको भूमिगत तला खाली गर्ने अभियान थालेको छ ।
कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेको भेटिएको छ । त्यसका लागि महानगरले भदौ १३ गते पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद अझ केही दिन बाँकी छ । तर, व्यवसायीहरुले पार्किङ हटाएका छैनन् ।
मेयर धनराज आचार्यले सूचनाको म्याद सकिएपछि भूमिगत तला खाली गर्न आफै जाने बताए । ‘यो एउटा शुभारम्भ हो । पोखरामा जति पनि भूमिगत पार्किङ सहित निर्माण गरिएका घरहरू छन्, घर धनीहरूले यसलाई खाली गरेर पार्किङ कै लागी प्रयोग गर्नका लागि म अनुरोध गर्न चाहन्छु’ उनले भने, ‘सांकेतिक अभियान सबै नगरबासीले बुझिदिनुहोला ।’
पोखरा महानगरपालिका भित्र २ सय ५० बढी भवनमा भूमिगत पार्किङ स्थलहरू छन् । तर ति पार्किङ स्थल व्यापार र अन्य प्रयोजनमा प्रयोग भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण