यसरी भयो सत्ता गठबन्धनको सिट बाँडफाँट
सत्ता गठबन्धनमा सहभागी दलहरुबीच प्रतिनिधि सभा सिट बाँडफाँटमा लगभग सहमति भएको छ । बुधबार रातिसम्म भएको छलफलले एकाध सिटबाहेक सबै क्षेत्र टुंगाएको हो ।
हालसम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्रले ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति भएको कार्यदलका एक सदस्यले रातोपाटीलाई बताए । केही क्षेत्रमा नेता व्यवस्थापन गर्नुपर्ने भएकाले सहमति हुन सकेको छैन । अहिले १७ क्षेत्रमा दोहोरो तेहरो दाबी कायमै छ । ती क्षेत्रमासमेत सहमति नजिक भएको ती नेताको दाबी छ ।
कहाँ कहाँ छ दोहोरो दाबी ?
कांग्रेसले लिने भनिएका सिट मध्ये ८३ सिट फाइनल भइसकेको छ । तर कांग्रेसले पाउनुपर्ने अन्य चार क्षेत्रमा माओवादी, एकीकृत समाजवादी र जसपाको दाबी भएकाले सहमति हुन बाँकी छ । अन्तिममा कांग्रेस ८५ सिटसम्ममा सहमत हुने कार्यदलका अर्का सदस्यले बताए । जसमा मोरङ क्षेत्र नम्बर तीनमा कांग्रेसले पाउनुपर्ने क्षेत्रमा जसपाले दाबी गरेकाले सहमति हुन सकेको छैन । दोलखा र रामेछाप दुबै कांग्रेसले दाबी गरेपछि माओवादी दुई मध्ये एक सिट पाउनुपर्ने दाबी नछोडेकाेले सहमति हुन सकेको छैन । धनुषा क्षेत्र नम्बर ४ कांग्रेसले पाउनुपर्नेमा जसपा र दैलेख एकमा कांग्रेसले पाउनुपर्ने क्षेत्रमा एकीकृत समाजवादीले दाबी गरेकाले सहमति हुन बाँकी छ ।
माओवादी केन्द्रले पाउने भनिएका ४९ मध्ये ३६ सिटमा सहमति भएको छ । माओवादीले पाउनुपर्ने बाँकी १३ क्षेत्रमा कांग्रेस सहित एकीकृत समाजवादी र जसपाले दाबी गरेका छन् । जसमा खोटाङ र उदयपुर २, धादिङ एक, सल्यान, अछाम १ र बारा ४ माओवादीले पाउनुपर्ने क्षेत्रमा एकीकृत समाजवादीको दोहोरो दाबी गरेकाले सहमती भएको छैन । सर्लाही क्षेत्र नम्बर २ र रुपन्देही १ माओवादी पाउनुपर्ने क्षेत्रमा जसपाले दाबी गरेकाले सहमती हुन बाँकी छ । नवलपरासी पश्चिम एकमा माओवादीले पाउनुपर्नेमा कांग्रेसले समेत दाबी गरेको छ ।
यस्तै एकीकृत समाजवादीले १४ सिट पाउने तय भइसकेको छ । एकीकृत समाजवादीले अन्य तीन सिटमा माओवादीले दाबी गरेकाले सहमती हुन सकेको छैन । जसमा बारा ४ धादिङ १ र अछाम १ एकीकृत समाजवादीले पाउनुपर्ने क्षेत्रमा माओवादीले समेत दाबी गरेकाले सहमति हुन सकेको छैन ।
यस्तै जनता समाजवादी पार्टीले १३ सिट पाउने तय भइसकेको छ । जसमा धनुषा ३ महोत्तरी ३ जसपाले पाउनुपर्ने क्षेत्रमा कांग्रेसले दाबी गरेकाले सहमति भएको छैन । रुपन्देही १ जसपाले पाउनुपर्ने क्षेत्रमा माओवादीले दाबी गरेकाले सहमती हुन नसकेको हो । राष्ट्रिय जनमोर्चाले प्युठान र बाग्लुङ एक लिने निर्णय भइ सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



