भीम रावल भन्छन्– म पार्टीको सम्पर्कमै छु
नेकपा एमालेका नेता भीम रावलले आफु पार्टीको सम्पर्कमै रहेको प्रष्टिकरण दिएका छन् । सोमबार साँझ नेकपा एमाले सुदूरपश्चिमका नेताहरुले रावल पार्टीको सम्पर्कमै नरहेकाले उनको उम्मेदवारीबारे विकल्प सोच्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।
तर, रावलले भने आफु पार्टीको सम्पर्कमा नरहेको भन्ने अभिव्यक्ती गलत भएको भन्दै अहिले पनि आफु अछाम निर्वाचन क्षेत्र नम्बर १ का विभिन्न कार्यक्रममा सहभागी भइरहेको रातोपाटीलाई बताए । ‘म अहिले पनि अछाममा पार्टीकै कार्यक्रममा छु । पार्टीको जिम्मेवारी अनुसार नै जनता कार्यकर्तासँग पुगिरहेको छु’, रावलले बिहीबार बिहान रातोपाटीसँग भने ।
नेता रावलले अछाम निर्वाचन क्षेत्र नम्बर १ समन्वय कमिटीबाट भएका औपचारिक कार्यकर्ता भेला तथा भेटघाटमा सहभागी भइरहेको र भेलामा जानुभन्दा अगाडि जिल्लाका इन्चार्जलाई समेत जानकारी गराएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण