भीम रावल भन्छन्– म पार्टीको सम्पर्कमै छु
नेकपा एमालेका नेता भीम रावलले आफु पार्टीको सम्पर्कमै रहेको प्रष्टिकरण दिएका छन् । सोमबार साँझ नेकपा एमाले सुदूरपश्चिमका नेताहरुले रावल पार्टीको सम्पर्कमै नरहेकाले उनको उम्मेदवारीबारे विकल्प सोच्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।
तर, रावलले भने आफु पार्टीको सम्पर्कमा नरहेको भन्ने अभिव्यक्ती गलत भएको भन्दै अहिले पनि आफु अछाम निर्वाचन क्षेत्र नम्बर १ का विभिन्न कार्यक्रममा सहभागी भइरहेको रातोपाटीलाई बताए । ‘म अहिले पनि अछाममा पार्टीकै कार्यक्रममा छु । पार्टीको जिम्मेवारी अनुसार नै जनता कार्यकर्तासँग पुगिरहेको छु’, रावलले बिहीबार बिहान रातोपाटीसँग भने ।
नेता रावलले अछाम निर्वाचन क्षेत्र नम्बर १ समन्वय कमिटीबाट भएका औपचारिक कार्यकर्ता भेला तथा भेटघाटमा सहभागी भइरहेको र भेलामा जानुभन्दा अगाडि जिल्लाका इन्चार्जलाई समेत जानकारी गराएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने