फ्लोर क्रस गरेर मन्त्री बनेका समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा फर्किए
बिहीबार, १३ असोज २०७९, १४ : ५१
नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य नन्दसिंह बुढा पुनः एमालेमा फर्किएका छन् । आज एमाले महासचिव शङ्कर पोखरेलले उनलाई स्वागत गरेका हुन् । बुढा तिनै नेता हुन्, जसले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर निकै चर्चामा आएका थिए ।
डोल्पाबाट निर्वाचित उनी मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेर लामो समयसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए । रातोपाटीसँग कुरा गर्दै उनले आफु पुरानै घरमा फर्किएको बताए । उनले भने,‘ विगतका केही कमीकमजोरी भएका कारण विद्रोह गरेका थियौं। तर लामो समयसम्म एमालेमै संघर्ष गरेको र यही पार्टीमा आफ्नो भविष्य सम्झेर एमालेमै फर्किने निर्णय गरेको हुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण