प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
सारांश
- नेपाली कांग्रेसले प्रदेश सरकारहरूका विषयमा पार्टीका प्रदेश सभापति, संसदीय दलका नेता र मुख्यमन्त्रीहरूसँग छलफल गरेको छ।
- बैठकले प्रदेश सरकार गठन र सहभागिताका लागि सबै दलहरूसँग वार्ता र संवाद खुला राख्ने निर्णय गरेको छ।
- कांग्रेसले अहिलेसम्म कुनै दलसँग सहकार्य गरेर अगाडि बढ्ने सहमति नगरेको र वार्ता जारी रहेको जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले प्रदेशका सरकारहरूबारे पार्टीका प्रदेश सभापति संसदीय दलका नेता र मुख्यमन्त्रीहरूसँग छलफल गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा सभापति गगन थापा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्री गुरुराज घिमिरे थिए।
प्रदेशहरूका तर्फबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह कर्णाली प्रदेशका सभापति ललित जंगशाही लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र संसदीय दलका नेता दिल्ली चौधरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव र कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा सहभागी रहेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए।
बैठकले प्रदेश सरकार गठन र सहभागिताका लागि सबै दलसँग वार्ता र संवाद को ढोका खुल्ला राख्ने निर्णय गरेको छ ।
'प्रदेश अनुसारका अवस्था फरक फरक छन् तसर्थ अहिलेका लागि प्रदेश सरकार निर्माण सञ्चालन र निरन्तरताका लागि ठुला र साना सबै दलहरूसँग वार्ताको ढोका खुल्ला राख्ने निर्णय भएको छ' महामन्त्री घिमिरेले रातोपाटीसँग भने ।
उनले प्रदेश सरकार गठनका लागि अहिलेसम्म कुनै दलसँग सहकार्य गरेर अगाडि बढ्ने भन्ने सहमति भइनसकेको पनि बताए वार्ता र संवादहरू भने जारी रहेको घिमिरेको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण