उम्मेदवारका आकांक्षीबाट बच्न गोप्य स्थानमा जसपाको बैठक
शनिबार, १५ असोज २०७९, १२ : १४
जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवार चयन, पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल, समानुपातिक उम्मेदवारको सूची संशोधनलगायतको विषयमा छलफल हुने जसपाका प्रवक्ता मनिष सुमनले बताए । पार्टी कार्यालयमा बैठक बस्ने भनिए पनि त्यहाँ अन्यत्र सारिएको छ ।
जसपाले बैठक स्थल गोप्य राखेको छ । अधिकांश टिकटका आकांक्षीहरु काठमाडौंमै छन् । बैठक स्थलमा भिडभाड हुने डरले बैठकलाई गोप्य ठाउँमा सारिएको स्रोतले जनाएको छ ।
सत्ता गठबन्धनमा जसपासँग कुरा मिलेको छैन । गठबन्धनले जसपालाई देशभर १५ वटा सीट दिएको छ । जसपाले त्यसलाई स्विकार गरेको छैन । जसपाले ३० वटा सीट माग गरेको छ । त्यसमध्ये मधेश प्रदेशमै २० वटा सीट जसपाले माग गरेको छ । त्यसैमा दलहरु बीच सहमति बनेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण