स्पर्सलाई हराउँदै शीर्ष स्थानमा अर्सनलको पकड बलियो
शनिबार, १५ असोज २०७९, १९ : ४०
नर्थ लण्डन डार्बीमा १० खेलाडीमा सीमित टोटनहम हटस्पर्सलाई हराउँदै आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । शनिबारको खेलमा आर्सनल ३–१ गोलले विजयी भएको हो ।
खेलमा राम्रो सुरुवात गरेको आर्सनलका लागि थोमस पार्टलेले खेलको २० औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर ३१ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । प्रिमियर लिगका अवे खेलमा उनको यो १ सयौँ गोल थियो ।
दोस्रो हाफमा गब्रियल जिसुसको गोलको मद्दतले आर्सनलले पुनः अग्रता लियो । ६२ औँ मिनेटमा एमर्सन रोयलले रातो कार्ड खाँदै मैदान छाड्न परेपछि स्पर्स थप दबाबमा पर्यो । यसको फाइदा उठाउँदै ग्रानिट जाकाले आर्सनलका लागि अर्को गोल थपे । ८ खेलपछि आर्सनल २१ अंकसहित शीर्ष स्थानमा रहेको छ । स्पर्स १७ अंकसहित लिगको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण