किन ट्रोल बनाइँदैछ प्रभास र सैफको नयाँ चलचित्र 'आदिपुरुष'को ?
प्रभास, सैफ अली खान र कृति सेनन स्टारर फिल्म आदिपुरुषको टिजर सार्वजनिक भएको छ । ५०० करोडको बजेटमा बनेको यो फिल्मको टिजर २ अक्टोबरमा रिलिज भएको थियो । तर यसलाई सामाजिक सञ्जालमा लगातार ट्रोल गरिँदै छ ।
कतिपयले यो फिल्ममा तथ्यलाई गलत ढंगले प्रस्तुत गरिएको विश्वास गर्छन् भने धेरैले यसका दृश्यहरू हलिउडबाट नक्कल गरिएको बताएका छन् । ट्रोल हुनुको पहिलो कारण भनेको यो फिल्म महर्षि वाल्मीकिको रामायणमा आधारित रहेको निर्माताहरूले आधिकारिक रूपमा घोषणा गरेका छन् । तर रामायण जस्तै फिल्ममा भगवान राम, रावण, लक्ष्मण, हनुमान र उनको बाँदर सेना छन्, तर कुनै पनि पात्र मौलिक कथासँग मिल्दैनन्।
मर्यादा पुरुषोत्तम रामको अनुहारमा क्रोधको साथै, रावणलाई एकदमै आधुनिक, स्टाइलिश र स्पाइक गरिएको कपालमा देखाइएको छ। पृष्ठभूमि वास्तविक कथासँग मेल खाँदैन र एउटा दृश्यमा रामलाई चप्पल लगाएको पनि देखाइएको छ। धेरैले टिजरका दृश्यहरू र पात्रहरू ह्यारी पोटर फिल्महरू, एभेन्जर्स र गेम अफ थ्रोन्ससँग मिल्दो जुल्दो बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानप्रति समर्थन जनाउँदै इजिप्टका प्रशिक्षकले भने– ‘सबै टोलीप्रति समान व्यवहार गरियोस्’
-
५ सयभन्दा बढी आप्रवासी बालबालिकालाई अमेरिकाबाट निकाल्दै छन् ट्रम्प
-
न्युयोर्कमा १० लाख भाडा–नियन्त्रित अपार्टमेन्टको भाडा यथावत्, मेयर मामदानीको चुनावी वाचा पूरा
-
एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण