कैलालीमा भारी वर्षा, अधिकांश स्थान जलमग्न
कैलालीमा बिहीबारदेखि भारी वर्षा सुरु भएको छ । बिहीबार दिउँसो देखि भइरहेको वर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन् । वर्षाका कारण प्रदेशको स्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्न बनेको छ । वर्षाका कारण दशैको टिका थाप्न हिँडेका नागरिक समेत अलपत्र परेको छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षाका कारण हाल सम्म कुनै क्षतिको विवरण भने आएको छैन । ‘अहिले सम्म वर्षाका कारण क्षति भएको कुनै विवरण आएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने, ‘अहिले सबै क्षेत्रको विवरण बुझ्न टोली परिचालन गरिएको छ ।’
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देखि मनसुनी वायु सुदूरपश्चिम प्रवेश गरेको छ । जसका कारण बिहीबार देखि शनिबारसम्म नै अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।
‘बिहीबार रातिदेखि सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ,’ मौसमविद् सञ्जिव अधिकारीले भने, ‘शुक्रबार प्रदेशका धेरै स्थानमा वर्षा हुने र शनिबार अधिकांश स्थानमा वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।’ सुदूरपश्चिममा आगामी सोमबार सम्म नै मौसम प्रतिकुल रहने अनुमान गरिएको उनले बताए ।–न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
-
बेलिङ्घमले गरे व्यक्तिगत दोस्रो गोल, इङ्गल्याण्डलाई महत्त्वपूर्ण अग्रता
-
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण