वैज्ञानिकले अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने
शुक्रबार, २१ असोज २०७९, ०८ : ४६
अष्ट्रेलियाका वैज्ञानिकहरूले शुक्रबार अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उब्जाउने प्रयास गर्ने भएका छन् । जुन उनीहरूले भविष्यको उपनिवेशको लागि मार्ग प्रशस्त गर्न मद्दत गर्न सक्ने बताइएको छ ।
क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका वनस्पति विज्ञ ब्रेट विलियम्सले निजी इजरायली चन्द्र अभियान अन्तर्गतको बेरेशिट २ अन्तरिक्ष यानले बिउ बोक्न बताएका छन् ।
यान अवतरणपछि सिल गरिएको कक्षभित्र बिउलाई पानी दिइनेछ । बीज अङ्कुरण र वृद्धिको संकेतबारे निरन्तर निगरानी गरिनेछ । चरम परिस्थिति राम्रोसँग सामना गर्न सक्ने र चाँडो अङ्कुरण हुने विरुवा छनोट गरिने उनले बताए । एउटा सम्भावित छनोट भनेको अष्ट्रेलियाको ‘पुनरुत्थान घाँस’ हो जुन निष्क्रिय अवस्थामा पानीबिना बाँच्न सक्छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण