जुम्ला पहिरो अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो
शनिबार, २२ असोज २०७९, १२ : ५९
जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ वारेकोटडाँडामा पहिराले घर भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या ७ पुगेको छ । बेपत्ता भएकी २२ वर्षकी विद्या शाही मृत अबस्थामा भेटिएसँगै मृतकको संख्या ७ पुगेको हो ।
शनिबार बिहान ४:०५ बजे सुतिरहेको अवस्थामा घर माथिबाट पहिरो आई घर भत्किएको थियो । घरमुली ५५ वर्षीया गणेशबहादुर शाही, उनका २२ वर्षीया छोरा रमेशबहादुर शाही, ९ वर्षका अनमोल शाही ६ वर्षका मिलन शाही, उनकी श्रीमती पानसरा शाही २४ वर्षीया सुरेन्द्र हमालको बिहानै मृत्यु भएको थियाे ।
यस्तै घाइते वर्ष ५० की सरस्वती हमाल र रामबहादुर हमालको अबस्था पनि नाजुक रहेको प्रहरीले बताएको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण