जुम्ला पहिरो अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो
शनिबार, २२ असोज २०७९, १२ : ५९
जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ वारेकोटडाँडामा पहिराले घर भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या ७ पुगेको छ । बेपत्ता भएकी २२ वर्षकी विद्या शाही मृत अबस्थामा भेटिएसँगै मृतकको संख्या ७ पुगेको हो ।
शनिबार बिहान ४:०५ बजे सुतिरहेको अवस्थामा घर माथिबाट पहिरो आई घर भत्किएको थियो । घरमुली ५५ वर्षीया गणेशबहादुर शाही, उनका २२ वर्षीया छोरा रमेशबहादुर शाही, ९ वर्षका अनमोल शाही ६ वर्षका मिलन शाही, उनकी श्रीमती पानसरा शाही २४ वर्षीया सुरेन्द्र हमालको बिहानै मृत्यु भएको थियाे ।
यस्तै घाइते वर्ष ५० की सरस्वती हमाल र रामबहादुर हमालको अबस्था पनि नाजुक रहेको प्रहरीले बताएको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूयोर्क सहरमा 'नेपाल डे परेड' सम्पन्न
-
जुवातास खेल्ने ६ जना पोखराबाट पक्राउ
-
भारतमा लोकसभा निर्वाचन : पाँचौँ चरणको मतदान जारी
-
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना : सरकारी टिभीले भन्यो – कोही पनि बाँचेको संकेत छैन
-
बागमती प्रदेश : मन्त्रालय विभाजनसँगै एमालेमाथि नैतिकताको प्रश्न खडा
-
इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा षड्यन्त्र भएको आशङ्का, अमेरिकी सांसदले के भने ?